News

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८९९

काठमाडौं । मुलुकमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १८९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । देशमा कोरोनाबाट पहिलोपटक गत जेठ ३ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित राम्चेकी एक सुत्केरीको उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ४०९ संक्रमित भएका छन् भने ४९६ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । यो दर अघिल्ला दिनहरुभन्दा उल्लेख्य मात्रामा अन्तर छैन ।

हाल देशभर पाँच हजार १३३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button