News

जाजरकोटको बारेकोटमा गएको पहिरोमा परि बेपत्ता २ को शव फेला,मृतकको संख्या ९ पुग्यो

जाजरकोट । जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा गएको पहिरोमा परि बेपत्ता थप दुई जनाको शब शनिवार साँझ फेला परेको छ । यो संगै मृतकको संख्या नौ पुगेको छ । पहिरोले दुई घर बगाउँदा पाहुना आएका सहित १२ जना बेपत्ता भएका थिए ।पहिरोमा परि बेपत्ता ३८ बर्षीया कलु सार्की , उनका ६ बर्षीय छोरा सुवास सार्कीको शव फेला परेको हो । यस अघि शव फेला परेर पनि पहिचान हुन नसकेका कुशे ९ चौराटाका १४ बर्षीया गौरी सार्की, १६ बर्षीया कविता सार्कीको पहिचान भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिनु भयो ।

उनीहरु दिदीको घरमा पाहुना आएका थिए ।पहिरोमा परि बारेकोट ४ का ५२ बर्षीय गोपाल सार्की र उनका ११ बर्षका छोरा अर्जुन सार्की र त्यस्तै कलु सार्कीको घरमा पाहुना आएका कुशे ९ चौताराका २० बर्षीय डिल्ली सार्की तथा १८ बर्षका विरेन्द्र सार्की र कलु सार्कीकी १४ बर्षीया छोरी तिर्सा सार्कीको पनि शवको पहिचान भैसकेको छ ।सो पहिरोमा पुरिएका अझै तीन जना हराईरहेका छन् । पहिरोले गाँउ नै बगाउन थालेपछि बारेकोटका विभिन्न गाँउका दुई सय बढी परिवार विस्थापित भएका छन । घाईते दुई जनालाई शनिवार हेलिकोप्टरले उद्धार गरेर सुर्खेत लगेको छ ।

गत शुक्रवार जाजरकोटको बारेकोटमा बाढीपहिरोमा परि गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।पहिरोमा परि गम्भीर घाइते बारेकोट ४ का ५६ बर्षीय लालबहादुर नेपाली र बारेकोट ६ धुमाखोलामा आएको बाढीले बगाउँदा घाइते भएका सात बर्षीय रामचन्द्र चलाउनेलाई कर्णाली प्रदेश सरकारले पठाएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर कुमार श्रेष्ठले जानकारी दिनु भयो ।जाजरकोटको वारेकोटका विभिन्न स्थानमा गरी आठ घर पहिरोले बगाएको थियो ।

यस्तै वडा नं। ६को धुममा दुई जनालाई खोलाले बगाएको थियो । खोलामा बगेमा उनीहरुको पनि खोजी कार्य जारी रहेको छ ।अहिलेसम्म भेटाउन नसकिएको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द वहादुर सिंहले जानकारी दिनु भयो ।घटना स्थलमा जाजरकोटको

दल्लीस्थित सुरक्षा वेस क्याम्पबाट नेपाली सेनाको टोली रातारात पैदल पुगेर शनिबार विहानैबाट, सशस्त्र प्रहरी बल , नेपाल प्रहरी , स्थानीय वासिन्दा र जन प्रतिनिधिको सहयोगमा खोजी कार्यलाई तीव्रता दिएका छन् ।खोजी कार्य जारी रहे पनि पानी निरन्तर परेको कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

Related Articles

Check Also
Close
Back to top button