News

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण ११ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४६ हजार ६ सय ९४ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप १ हजार २ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २ लाख ३२ हजार ८ सय ७२ जना उपचारपछि निको भएका छन् । त्यस्तै, नेपालमा एकै दिन थप ११ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको छ । १२ हजार १ सय ४८ जना आइसोलेसनमा रहेका छन् ।

Related Articles

Back to top button