News

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु १ घाइते

मोटरसाइकल दुर्घटना हुदाँ पाचथरको हिलिहाङ गाँउपालिका– १ का २४ वर्षीय प्रवीण कालिकोटे को मृत्यु भएको छ । भने सोही मोटरसाइकलमा सवार हिलिहाङ–२ की अन्दाजी २० वर्षीय मुना पाख्रिन घाइते भएकीछिन । मेची राजमार्ग अन्तगर्त हिलिहाङ १ दुवीचौरमा सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा मे ४प ८९४ न को मोटरसाइकल सहित उनीहरुलाई स्थानीयवासीले आज विहान फेला पारेका हुन । प्रहरी र स्थानीयले दुवैलाई उद्धार गरि जिल्ला अस्पताल ल्याइएकामा कालिकोटेलाई डाक्टरले मृत घोषणा गरेका थिए । घाइते भएकी मुना पाख्रिनलाई थप उपचारको लागी झापा उठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मेटरसाइकल अनियन्त्रित भई सडकबाट झरेको प्रहरीको अनुमान रहेकोछ । दुघटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

Related Articles

Back to top button