News

सिरहा सशस्त्र प्रहरी द्वारा नक्कली नोट छाप्ने मेसिन सहित ३ जना पक्राउ

सिरहा सशस्त्र प्रहरी द्वारा नक्‍कली नोट छाप्ने मेशिन सहित ३ जना पक्राउ सिरहा जिल्लाको गोलबजारबाट आज सशस्त्र प्रहरीले नक्‍कली नोट छाप्ने मेशिन सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका वडा नं. १२ बस्ने बर्ष २५ का धिरज यादब, संजय राय र कल्‍याणपुर नगरपालिका वडा नं.७ बस्ने बर्ष २४ का विम्लेन्द्र कुमार नायक छन् । गोलबजारमा रहेको सशस्त्र प्रहरी सुरक्षा वेशले वडा नं. ६ स्थित विरेन्द्र महतोको घरमा विगत केही दिन देखि शंकास्पद गतिविधि बढन् थालेको गोप्य सूचनाको आधारमा घर खानतलासी गर्दा ६ लाख ८४ हजार जाली नोट उक्त नोट छाप्ने मेशिन, एक ल्यापटप र मोटर साईकल सहित पक्राउ गरेको हो । लागू औषध कारोवारी हुन सक्ने आशंकाका साथ वेश क्यापका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रोशन थापा खानतलासीका लागि उक्त स्थानमा पुग्दा एक हजार दरका १०४ थान तयारी जाली नोट र ५८० जाली नोट A4 साईजको कागजमा छपाई गरी कटिङ्गका लागि तयारी हालतमा राखिएको भेटिएको थियो ।वरामद जाली नोट, नोट छाप्ने मेशिन र उक्त कार्यमा संलग्न तीन जनालाई कानूनी प्रक्रिया पुरा गर्न र थप अनुसन्धानका लागि घटना स्थल नजिकै रहेको ईलाका प्रहरी कार्यालयबाट नेपाल प्रहरीको टोली बोलाई बुझाईएको थियो ।
सशस्त्र प्रहरीले हिजो मात्र महोत्तरी जिल्लाको एकडाँडा गाँउपालिका वडा नं. ३ स्थित भटौलियामा ना.३ च. ९६२४ नम्वरको बोलेरो पिकअपबाट ११० के.जी. प्रतिवन्धित लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न मकवानपुर भिमफेदी वस्ने वर्ष ३० का अम्मर कुमार थिङ्गलाई पक्राउ गरी वरामद लागुऔषध र सवारी साधन सहित जिल्ला प्रहरी कार्यालय जलेश्‍वरमा बुझाएको छ ।

Related Articles

Back to top button