News

इजरायलले आगामी महिनादेखि नेपालबाट ‘केयर गिभर’ कामदार लैजाने प्रक्रिया सुरु गर्ने

काठमाडौँ । इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया सुरु गर्ने भएको छ ।

नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया सुरु गर्ने बताएका छन् ।

नेपालबाट इजरायलको नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लागयतमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भइसकेको छ ।

सम्झौतापत्रमा असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो । सोही सम्झौतालाई कार्यान्वयन गर्दै आगामी महिनादेखि कामदार छनौटको प्रक्रिया सुरु गरिने राजदूत गोडरले बताएका छन् ।

सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै संख्यामा कामदार जानसक्ने पनि राजदूत गोडरले बताए । सम्झौता अनुसार, सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जानेछन् । यस्तै नेपली श्रमिकले इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षणसमेत पाउने भएका छन् ।

Related Articles

Back to top button