News

नेपालमा पतिको दुर्घटनामा मृत्यु ,साईप्रसमा पत्नीद्वारा आत्महत्या

मंसिर २३,काठमाडौ ।साईप्रसको लार्नाका सहरमा २३ बर्षिया नेपाली युवतीले आइतबार राती आत्महत्या गरेकी छन् ।दोलखा जिल्लाकि गौरीशंकर गाउँपालिका ०८-खरे घर भइ हाल साइप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री तामाङले आत्महत्या गरेको गैरआवसीय नेपाली संघ साइप्रसले जनाएको छ।

मृतक तामाङ सन् २०१९ को अक्टोबर महिनामा नेपालको काठमाडौ इन्टरनेशनल मेनपावर बाट साइप्रसको लार्नाका सहरमा घरेलु कामदारको लागि काम गर्न गएकी थिइन्। मृतक तामाङको शव भने परिवारको सल्लाह अनुसार स्वादेश नै ल्याइने बताइएको छ।

मृतक तामाङ बैबाहिक सम्बन्धमा बाधिएको एक बर्ष नपुग्दै साइप्रसमा आएकी थिइन् ।श्रीमान सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए।आइतबार श्रीमानको दुर्घटनामा मृत्यु भएको खबर पाएपछी सोही रातमा आत्महत्या गरेको बताइएको छ।

मृतक तामाङले टिकटकमा श्रीमानको दुर्घटना भिडियो पोष्ट गर्दै आफ्ना आमा , बुबा ,सासू र ससुरा सङ माफी माग्दै आफू पनि आफ्नो` मुटु´ सङै जान लागेको उल्लेख गरेकी थिइन् ।

Related Articles

Back to top button