News

काभ्रेमा रुहाउने दुर्घटना : 2 जनाको ज्यान गयो

काठमाडौं, २२ मंसिर । काभ्रेमा मोटरसाइकल दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । धुलिखेल र बनेपाबीच सडक खण्डमा ना १२ प ७४२९ नम्बर र प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृत्यु हुनेमा ना १२ प ७४२९ नम्बरको मोटरसाइकल चालक धुलिखेल–६ का २० वर्षीय सत्यमान तामाङ र अर्का मोटरसाइकलको पछाडि बसेका सिन्धुपाल्चोक चौताराका २८ वर्षीय हरिकृष्ण बस्नेत रहेको प्रहरीको भनाइ छ । उनीहरुको धुलिखेल अस्पतालमा उपचारको ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार एउटा मोटरसाइकलमा ३ जना रहेका थिए । दुर्घटनामा ३ जना घाइते भएका छन् । जसमा एकजनाको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य दुई जनाको धुलिखेल अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Related Articles

Back to top button