News

चीनको कोइला खानी विस्फोट ,कम्तिमा २३ को मृत्यु

चीनको एक कोइला खानीमा भएको विस्फोटमा परी कम्तीमा २३ जनाको ज्यान गएको छ । चोकिङस्थित एक कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइड रहेकाले विस्फोट भएको थियो ।

दुर्घटनामा परेका एकजनालाई भने उद्धार गरी बाहिर निकालिएको उद्धारकर्मी तथा मजदुरहरूले जानकारी दिएका हुन् ।

चीनको संचारमाध्यमले दिएको समाचारअनुसार शुक्रबार अपराह्न पाँच बजेतिर खानीमा विस्फोट भएको थियो ।

कोइला खानी करिब दुई महिनाअघि बन्द गरिएको थियो । सरकारले तय गरेका सुरक्षाका मापदण्डहरू पूरा नगरेको भनेर कोइला खानी बन्द गरेकोमा केही दिनअघि मात्र सञ्चालनमा ल्याइएको थियो ।

चीनमा कोइला खानीमा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन् । खानीको अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Back to top button