News

५ वटा ट्रकमा लैजाँदै गरेको १२१ गोरु नियन्त्रणमा

बुटवल : प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको अस्पताललाइनबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीले शनिबार बिहान तीन बजेटिर गोरु नियन्त्रणमा लिएको जनाएको छ। ५ वटा ट्रकमा १ सय २१ वटा गोरु राखिएका थिए। प्रहरीले बारा निजगढ नगरपालिका वडा नं. ८ बस्ने ३६ वर्षका गणेश पौडेल, जितपुर सिमरा नगरपालिका वडा नं.१६ का ३८ वर्षका तिलकबहादुर जिम्बा, निजगढ न.पा. ९ का ५२ वर्षका शम्भु भट्टराई, मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं.१४ बस्ते ३० वर्षका लक्ष्मण दनै र बारा निजगढ न.पा. वडा नं. ९ बस्ने ३२ वर्षका नवराज कार्कीलाई पक्राउ गरेको छ।

ना ५ ख ५६५५ नं. को ट्रकमा २२ वटा, ना ८ ख ७३०२ नं.को ट्रकमा २५ वटा, बागमती प्रदेश ०३–००१ ख ०३३३ नं.को ट्रकमा २५ वटा, ना ६ ख ५७१२ नं.को ट्रकमा २३ वटा र ना ५ ख ७५३९ नं.को ट्रकमा २६ वटा गोरु रहेको प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। नियन्त्रणमा लिइएका गोरुलाई क्वारेन्टाइन भैरहवा लगिएको छ।

Related Articles

Back to top button