News

पर्वतको कार्किनेटाका ३ वर्षिय ब्रेन ट्युमर पिडित बालककोलाई उपचारका लागि आर्थिक समस्या

पर्वत – ३ वर्षको उमेरमै ब्रेन ट्युमर रोगले ग्रसित बनेका पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्किनेटाका बालकलाई उपचारका लागि आर्थिक समस्या परेको छ ।
न्यून आर्थिक अवस्था भएका स्थानीय रुद्रप्रसाद शर्मा र शर्मीला शर्माका ३ वर्षिय छोरा रिदम पौडेलको उपचारमा आर्थिक अभाव भएको हो । करिब ३ महिना अगाडि टाउको दुख्ने र घरी घरी वाकवाकी लाग्ने समस्या देखिएपछि नजिकैको स्वास्थ्य केन्द्रमा लगि जचाउँदा कुनै समस्या नदेखिएको तर पोखरा हस्पिटलका बालरोग विशेषज्ञ डाक्टर भाइरत्न शाक्यलाई देखाउँदा पनि उपचार सम्भव नभएपछि उहाँकै सल्लाहमा पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार गर्दा ब्रेन ट्युमर भएको पत्ता लागेको थियो ।
रिदमको अपरेशनको लागि काठमाण्डौंमा रहेको अन्नपूणर् न्यूरो अस्पतालमा करिब २ महिना उपचारको लागि राखिएको छ । अपरेशन पश्चात उपचारको क्रममा अर्को अपरेशन गर्नुपने समेत गर्नुपर्ने भएपछि आर्थिक समस्या परेको पिडित बालकका बाबु रुद्रप्रसादले बताउनुभयो ।
बालकलाई अपरेशन गरेको केही दिनमा निमोनिया समेत देखिएको र स्वास प्रस्वास र खानाको समस्याले गर्दा घाटीमा प्वाल पारी पाइप नली राखिएको छ । उपचार हुँदाहुँदै पनि बालकको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको र उनको दोस्रो अपरेशन समयमा हुन नसकेमा बचाउन गाह्रो हुने डाक्टरहरु बताउँदै आएको रुद्रप्रसादले जानकारी दिनुभयो ।
तर पैसाको अभावले समयमा उपचार गर्न कठिन देखिएको उहाँको गुनासो छ । उपचार गराउँदा गराउँदै पैसाको अभाव भएपछि अहिले रिदमको परिवार केही उपचार सामाग्री किनी चितवन टाँडीमा रहेको ठूलोबुवाको घरमा बसी उपचार गराईरहेका छन् । भक्तपुर क्यान्सर अस्पतालमा समेत उपचारको लागि गुहार गरिरहेको भएपनि थेरापी गर्न समेत महिनौ पालो कुर्नुपर्ने अवस्थाले गर्दा आफ्नो छोराको प्राण जोगाउन नसकिने चिन्तामा रहेको उहाँको दुःखेसो छ ।
‘आफूसँग भएको सवै पैसा पनि सकियो छरछिमेकी साथी भाईले दिएको पैसा पनि सकियो । भएको जायजेथा सबै सकियो ।’ उहाँले भन्नुभयो ‘छोराको उपचार गर्दा अहिलेसम्म रु.२० लाख भन्दा बढी खर्च भईसकेको छ ।’
छोराको उपचारका लागि अझै रु.१५ लाख खर्च लाग्ने अस्पतालले बताएको छ । धेरै पैसा आवश्यक परेपछि सहयोगदाताहरुसँग अपिल गरिएको रुद्रप्रसादले बताउनुभयो ।
पिडित बालकका बाबु रुद्रप्रसाद शर्माको नाममा मुक्तिनाथ बिकास बैंकको खाता नं.
०२१२१६००२६९४७००००००१ वा फोन नं. ९८५७६३०६२२ मा सम्प्र्क गरेर आर्थिक सहयोग गरिदिनुहुन समेत परिवारले अपिल गरेको छ ।

Related Articles

Back to top button