News

दुखद खबर दाजु भाइको मृत्यु

बाँकेमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका -२ मुगुवा पुलनजिकै गएराति साढे १० बजेतिर

बिग्रेर रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परी बर्दियाको ठाकुरबाबा-३ का २२ वर्षीय आशिष थारू र १९ वर्षीय दिपेश थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ। मृतकहरू दाजु भाइ हुन्। इलाका

प्रहरी कार्यालयका असई मनिराम लामिछानेका अनुसार उनीहरू नयाँ मोटरसाइकल लिएर घर जाँदै थिए।‘कात्तिक २६ गतेको मितिमा दुई नम्बर

प्रदेशकोबीरगञ्जमा मोटरसाइकल पास गरेको सही छाप देखिएको छ,’ लामिछानेले भने ‘उनीहरू नयाँ मोटर साइकल लिएर घरतर्फ आउँदै थिएजस्तो देखिन्छ।प्रह रीका अनुसार दुर्घटनाका गम्भीर घाइते उनीहरूलाई उपचारका लागि कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५५ प ९७५६ नम्बरको मोटरसाइकल रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीअधिका रीका अनुसार मोटरसाइकल दाजु आषिशले चलाएका थिए। मृतकको सनाखत बिहीबार मात्रै भएको प्रहरीले बताएको छ।

Related Articles

Back to top button