News

कोरोना संक्रमणबाट अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरैको मृत्यु

ऐजेन्सी, १९ मंसिर । अमेरिकामा कोरोना संक्रमणबाट एकै दिन अहिलेसम्मकै धेरैको मृत्यु भएको छ । अमेरिकी अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकामा बुधबार तीन हजार १५७ जनाको मृत्यु भएको हो।

अमेरिकामा कोरोनाबाट एकैदिन मृत्यु भएकाहरूको यो संख्या अहिलेसम्मकै धेरै हो।

यसअघि गत अप्रिल १५ मा अमेरिकामा एकैदिन २ हजार ६०३ जनाको मृत्यु भएको थियो। बुधबार त्यसको २० प्रतिशत बढी मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्।

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म दुई लाख ७३ हजार ८३६ जनाको मृत्यु भइसकेको छ भने एक करोड ३९ लाखभन्दा बढी संक्रमित भएका छन्।

जोन हप्किङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार झण्डै एक लाख जना सङ्क्रमित अझै पनि अस्पतालमा छन्।

Related Articles

Back to top button