Health

एकाबिहानै हलेसी महादेबलाई ॐ लेखी एक सेयर गर्दै , आज मंसिर १८ गते बिहीबारको राशिफल हेर्नुहाेस्

एकाबिहानै हलेसी महादेबलाई ॐ लेखी एक सेयर गर्दै , आज मंसिर १८ गते बिहीबारको राशिफल हेर्नुहाेस्

आजको पन्चाङ्ग

वि.सं.२०७७ साल मंसिर १८ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर ०३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–तृतीया,२७ घडी ५० पला,बेलुकी ०५ बजेर ४८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– आद्र्रा,१२ घडी ४७ पला,बिहान ११ बजेर ४७ मिनेट उप्रान्त पुनर्वशु । योग–शुभ,११ घडी २९ पला,बिहान ११ बजेर १६ मिनेट उप्रँन्त शुक्ल । करण–भद्रा,बेलुकी ०५ बजेर ४८ मिनेट उप्रान्त बव,रातको ०५ बजेर ५४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–काण योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०६ पला । विश्व अपाङग दिवस ।

हेर्नुहाेस् आजकाे राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सक्दा परिणाम मुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले सफलता हात लाग्नेछ ।विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। न्यायिक निर्णय तथा अदालति फैसला तपाईकै पक्षमा आउँनेछ ।।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। वादविवादमा अघि नसर्नुहोला। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला। काममा हडबड गर्दा गाेपनीयता बाहिरिन सक्छ। कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ ।।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समयको ख्याल गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। टाढिएका आफन्त भेटघाट गर्ने साइत जुर्न सक्छ। काम राेकिए पनि पारिवारिक जमघटकाे आनन्द प्राप्त हुनेछ। व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ ।।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च बढ्नेछ। रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला ।।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रोकिएर बसेका तथा पुराना काम बन्नाले थप उत्साहित होईनेछ । पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । माया प्रेममा रमाउँन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । पैत्रिक सम्पती तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । आजको लाभांश सञ्चय नहुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला ।।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अरूको विश्वासमा गर्दा धोका पाइएला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। मिहिनेतले अवसर दिलाउन सक्छ। काम गरेर धेरैको मन जित्न सकिनेछ। माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ होला ।।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) धेरै समय अरूका लागि जुट्नुपर्नेछ। श्रम परे पनि नियमित कामलाई निरन्तरता दिन सकिनेछ। आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ । व्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि सोचेभन्दा धेरै आम्दानि हुँदा मन प्रसन्न रहने तथा थप लगानि बढाउँन मन लाग्नेछ । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ ।।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला । समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । समयमै गम्भीर नबन्दा समस्यामा परिएला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ ।।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयमा कामहरु नसकिने हुँनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण गुम्न सक्छ । व्यापार व्यावसायमा आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ । व्यापार व्यावसायको सवालमा हुँने यात्रा निअर्थक हुनेछ । पढाई लेखाईमा अलि बढि समय खर्चिय नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रणय सम्बन्धमा चिसोपनको आभाष हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण अवसरहरु जुर्न सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम बन्नेछ। व्यवसायतर्फ विशेष अवसर प्राप्त हुन सक्छ ।।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आम्दानि भन्दा खर्च कम हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । पुराना समस्या आफै हल भएर जानेछ भने ऋण रोगबाट छुटकरा पाईनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि राख्न सकिनेछ ।।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा थोरै फाइदा हुनेछ। भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले चुनौती पनि निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् ।।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

(राशिफलमा जे – जस्तो भए पनि सबैको दिन सुखमय रहोस् । ईश्वर दाहिना रहुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ॐ शान्ति )

Related Articles

Back to top button