News

नेपाल विद्युत प्राधिकरणले पोल सार्ने लगायतका काम गर्न आज मंगलबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्ने भएको छ ।

बालाजु वितरण केन्द्रका अनुसार काठमाडौं महानगरपालिका, टोखा र बूढानिलकण्ठ नगरपालिका क्षेत्रको विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्न लागिएको छ । बिहान ११ बजेदेखि २ बजेसम्म गोंगबु, बालुवाटार, बूढानिलकण्ठ, धापासीलगायत क्षेत्रमा विद्युत सप्लाइ बन्द हुने बालाजु वितरण केन्द्रले सूचना निकालेर जानकारी गराएको हो ।

रिङरोड विस्तार कार्यका लागि महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत रिङमेन महराजगञ्ज फिडर १ र २ भित्रको एचटि ११००० भोल्ट लाइन तथा पोल सार्ने कार्य गर्नुपर्ने भएको हुँदा काठमाडौं महानगरपालिका, टोखा र बूढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द हुनेछ,’ सूचनामा भनिएको छ ।

यस्तै, बानेश्वर वितरण केन्द्रले पनि विभिन्न स्थानमा मंगलबार र बुधबार विद्युत सप्लाइ बन्द गर्ने भएको छ । मंगलबार र बुधबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म विद्युत सप्लाइ बन्द गरिने बानेश्वर वितरण केन्द्रले जनाएको छ । माइती नेपाल, संडोल, नयाँपाटी, नाम्गेल, सुन्दरीजल वीपीचोक र आसपासका क्षेत्रमा विद्युत सप्लाइ बन्द गर्न लागिएको हो ।

Related Articles

Back to top button