News

अछाम बस दुर्घटना : एकको मृत्यु, १७ जना घाइते

अछाममा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । साथै, दुर्घटनामा १७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा साँफेबगर नगरपालिका-३ का १९ वर्षीय निरज कुँवर रहेका अछामका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए । उनले घाइतेहरूको उद्धार गरेर बयालपाटा अस्पताल लगिएको जानकारी दिए ।

सदरमुकाम मंगलसेनदेखि धनगढीतर्फ आइरहेको ना ४ ख ९९७२ नम्बरको बस सोमबार बिहान चौरपाटी गाउँपालिका अन्तर्गत मार्कुमा दुर्घटना भएको हो । दुर्घटनाको कारण बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गुरुले जानकारी दिए|

Related Articles

Back to top button