News

भाईसँग विवाद हुँदा गाई मारेको आरोपमा दाजु पक्राउ

मोरङ: गाई मारेको आरोपमा मोरङको सुनबर्षी नगरपालिका २ का भुपेन्द्र राई पक्राउ परेका छन् ।

आफ्नै जुम्ल्याहा भाई ३० बर्षीय गजेन्द्र राईसँग घरायसी बिषयमा सामान्य विवाद हुँदा भुपेन्द्रले रिसको आवेसमा गाईलाई हतौडाले प्रहार गरेका थिए । उनले हतौडा प्रहार गर्दा गजेन्द्रको १८ महिनाको गाईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रंगेलीको टोलीलाई उनलाई हतौडासहित पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Related Articles

Back to top button