News

जन्ती बोकेको जीप दुर्घ’टना हुँदा चारको मृ’त्यु

काठमाडौ । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घ’टना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृ’त्यु भएको छ ।

 

आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घ’टना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृ’त्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो ।

 

 

 

दुर्घ’टनामा ६० वर्षीय लालबहादुर नेपाली स’ख्त घा’इते रहेको उहाँले जानकारी दिनुभयो । जीप चालक फ’रार रहेको प्रहरीले जनाएको छ । यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन् ।

Related Articles

Back to top button