News

एडीबीले नेपाललाई १८ अर्ब ४७ कराेड ऋण दिने

एडीबीले नेपाललाई १८ अर्ब ४७ कराेड ऋण दिने

ग्लोबल पाटि
मंसिर १२, २०७७ शुक्रवार – २१:१५:२२ बजे

एडीबीले नेपाललाई १८ अर्ब ४७ कराेड ऋण दिने

एसियाली विकास बैंक (एडीबी)ले नेपालको पावर ट्रान्समिसन र वितरणको स्तरोन्नतिको लागि १५ करोड ६० लाख डलर ( करिक १८ अर्ब ४७ कराेड रूपैयाँ) ऋण स्वीकृत गरेको छ ।

एडीबीका प्रमुख ऊर्जा विशेषज्ञ जीवन आचार्यले एडीबीले नेपालमा विश्वसनीय र प्रभावकारी विद्युत आपूर्तिको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको बताए ।

साथै यो प्रोजेक्टले कोरोनाको कारण समस्यामा परेको नेपालको अर्थतन्त्रमा सुधारको लागि पनि सहयोग गर्ने बताए ।विद्युत ग्रिड आधुनिकीकरण प्रजेक्टले मुलुकभर स्वचालित सबस्टेसन बनाउने, वितरण तथा ट्रान्समिसन प्रणालीलाई आधुनिकीकरण गर्ने काठमाडौंमा स्मार्ट मिट राख्ने काम पुरा गर्ने र क्षेत्रको पुनर्संरचनाको लागि सहयोग गर्ने तथा नेपाल विद्युत प्राधिकरणलाई बलियो बनाउनेका लागि आवश्यक कोष प्रदान गर्नेछ ।

यो प्रोजेक्टले ३४ ग्रिड सबस्टेसनलाई स्वचालित बनाउनेछ, २२० र १३२ किलोभोल्टको स्वचालित सबस्टेसन स्थापना गर्नेछ । समग्रमा ११३ किलोमिटरको ट्रान्सिमिसन लाइन निर्माण हुनेछ भने १४४ किलोमिटरको अहिले रहेको ट्रान्सिमिसन लाइनलाई अपग्रेड गरिनेछ ।

Related Articles

Back to top button