News

शुक्रवार पनि संक्रमित भन्दा निको हुनेको संख्या थोरै

काठमाडौँ । शुक्रवार नेपालमा कोरोनाभाइरसका १ हजार ७ सय ३ संक्रमितहरु थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

यसैगरी वितेको २४ घण्टामा १ हजार २ सय ३६ जनाले कोरोना जितेका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।

मन्त्रालयका अनुसार यस अवधिमा २३ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४३५ पुगेको छ ।

केही दिनयता नेपालमा संक्रमितको संख्या भन्दा निको हुनेको संख्या कम हुँदै गएको देखिन्छ ।

Related Articles

Back to top button