News

आँबुखैरेनीमा बस दुर्घटना, १७ जना घाइते

बेनीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस बिहीबार दिउँसो पौने १ बजे आँबुखैरेनी गाउँपालिका-३ खहरेस्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

बस पुलबाट तल खसेको तनहुँका प्रवक्ता प्रहरी निरीक्षक सविता केसीले जानकारी दिइन्। बसले विपरीत दिशाबाट आएको ना ३२ प ५२५४ नम्बरको स्कुटरलाई पनि ठक्कर दिएको थियो।

जसका कारण स्कुटरमा रहेका एक बच्चासहित तीन जना घाइते भएका छन्।

‘बसका चालक र सहचालकसहित १४ जना र स्कुटरमा रहेका तीन जना गरी कुल १७ जना घाइते भएका छन्।’

घाइतेहरूको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भईरहेको छ ।

केही घाइतेलाई थप उपचारका लागि भरतपुर पठाइएको छ ।

प्रहरीको अनुसार दुई जना घाइतेलाई चितवन मेडिकल कलेज र एक जनालाई पोखरास्थित अस्पताल पठाइएको छ।

Related Articles

Back to top button