News

पूर्वयुवराज पारसको स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौं । चितवनमा अस्वस्थ भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । तर, मुटुमा समस्या देखिएपछि उनी चिकित्सकको निगरानीमा हुनुहुन्छ ।

चितवनको होटल सेन्ट्रल पाल्ममा पारस शाह बसिरहनुभएको छ । उहाँलाई चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मी नेतृत्व टोलीले उपचार गरेको हो । अस्पताल स्रोतका अनुसार पारसको अवस्था अहिले सामान्य छ ।

यसअघि तीन पटक हृदयघात भएका कारण पारसको मुटुमा समस्या भएको हुनसक्ने भन्दै उहाँलाई चिकित्सकीय निरीक्षणमा राखिएको हो । अहिले उहाँका विभिन्न टेस्ट गरिएको र आवश्यक परे उनलाई अस्पताल भर्ना गर्ने बताइएको छ ।

Related Articles

Back to top button