News

फेसबुक मार्फत १० लाख रुपैयाँ ठग्नेलाई स्याङ्जा प्रहरीले नेपालगञ्ज पुगेर समात्यो

फेसबुकबाट समस्या देखाई एक महिलासंग १० लाख रुपैयाँ ठग्नेलाई स्याङ्जा प्रहरीले नेपालगञ्ज पुगेर समातेको छ ।

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–४ बस्ने २७ वर्षीय रुपचन्द्र पाण्डेलाई ५ मंसिंरमा पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

उनले एक महिलासंग फेसबुक मार्फत १० लाख २८ हजार सात सय रुपैयाँ ठगि गरेको प्रहरीले जानकारी दिएको हो ।

ADVERTISEMENT
पाण्डेले ब्राजिलमा रहेको परिवार गम्भिर विरामी रहेको भन्दै फेसबुक मार्फत महिलासंग पाटक पटक गरी त्यतिका रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

Related Articles

Back to top button