Entertainment

लक्ष्मी पूजाका दिन भूलेर पनि नगर्नुहोस् यी काम, नत्र रिसाउछिन लक्ष्मी

काठमाडौँ । हरेक बर्ष यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गर्ने गरिन्छ।

धनकी देबी भनेर पनि चिनिने लक्ष्मीको यसदिन पूजा गर्दा घरमा लक्ष्मीको बास हुने बिश्वास छ। यसदिन घरका झ्याल, ढोका, चोटा, कोठा, कौसी र भ-याङलगायतका स्थानमा सरसफाइ र लिपपोत गर्ने गरिन्छ। लक्ष्मी पूजा गर्दा घर सफा सुग्घर र गाईको गोबरले लिप्ने गरिन्छ।

यसदिन लक्ष्मीको बास हुने हुनाले लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिन्छ। देवी लक्ष्मीलाई यसदिन खुशी बनाउन मानिसहरु अनेक प्रकारको उपाय अपनाउने गर्छन्। तर हिन्दु धर्मशास्त्र अनुसार धन र समृद्धि प्राप्त गर्न लक्ष्मीपूजा गर्दा यी गल्तिहरु गर्न हुदैन।

हिन्दु धर्मशास्त्र अनुसार घर सफा बनाउन प्रयोग गरिने कुच्चो लक्ष्मीको प्रतिक मानिने गरिन्छ। त्यसैले यसदिन कुच्चो घरको छतमा राख्नुहुदैन।

लक्ष्मी पूजाको रातमा कुच्चो घरको छतमा राखेमा घरमा चोरी हुनसक्ने हुन्छ। यसदिन सूर्य उदाउने समय सम्म सुत्नु हुँदैन। अबेर सम्म सुत्दा लक्ष्मी रिसाउने धर्मशास्त्रमा बताइएको छ।

त्यस्तै बेलुका साझँमा पनि सुत्नुहुदैन। साँझमा सुतेमा बिभिन्न हानी नोक्सानी हुने बताइएको छ। यसदिन घरवरीपरी सफा गर्नुपर्छ।

यदि हामिले यस दिन घर वरीपरी सफा नराखेमा लक्ष्मी रिसाउने र बास नहुने शास्त्रमा बताइएको छ। यसदिन घरमा झैँ–झगडा गर्नुहुदैन।

हरेक बोलीचालीमा बिचार गर्नुपर्छ। यसदिन लक्ष्मीको पुजा गर्दा कुचोलाई पनि नजिक राखेर पुजा गर्नुपर्छ। यसदिन कुचो किनेर ल्याउनु पनि राम्रो मानिन्छ।

Related Articles

Back to top button