News

खुशीको खबर :२४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढीले ‘जिते’ कोरोना

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १११२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २९० पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२ हजार १७८ थियो ।

मन्त्रालयका अनुसार मंगबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३९ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ ।

यो पनि पद्द्नुहोस; लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

बुधबार साँझ श्वासप्रश्वासमा समस्या भएपछि र उच्च ज्वरो आएपछि अस्पताल पुगेकी रुपन्देहीको सैनामैना ११, सालझण्डीकी ७७ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।कोरोनासँग मिल्दो लक्षण भएपछि बुधबार नै उनको पीसीआर परीक्षण गर्दा उनीमा कोरोना पुष्टि भएको थियो ।

कोरोना विशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएपछि उनलाई प्रादेशिक अस्पतालकै आइसालेसनमा राखिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान साढे ४ बजे उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

उनलाई गत ३ दिनदेखि खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या हुने भएको थियो । उनको मृत्युसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

Related Articles

Back to top button