News

चर्चित रेस्लर तथा हलिउड अभिनेता ‘द रक’ र उनको पूरै परिवारलाइ कोरोनाभाइरस संक्रमण

काठमाडौं। चर्चित रेस्लर तथा हलिउड अभिनेता ड्वेन जोन्सन र उनको पूरै परिवार कोरोनाभाइरस संक्रमित भएका छन् । ‘द रक’को नामले चिनिने जोन्सनले इस्टाग्राममा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।यी पूर्व रेस्लर अहिले विश्वकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन् । उनले आफूसहित श्रीमती, दुई छोरीहरु स्वास्थ्यको विषयमा निकै अनुशासित हुँदाहुँदै पनि संक्रमित भएको बताएका छन् ।४८ वर्षका जोन्सन, उनकी ३५ वर्षकी पत्नी लाउरेन र ४ र २ वर्षका छोरीहरु ज्यासमिन र टियाना करिब अढाइ हप्ताअघि संक्रमित भएका थिए ।

उनीहरु निकै जनिकका पारिवारिक मित्रबाट संक्रमित भएको उनले बताएका छन् ।त्यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का तीन खेलाडीलाई कोरोना संक्रमण भएको छ । पिएसजीले बुधबार सामाजिक सञ्चालमार्फत आफ्ना तीन खेलाडीलाई कोरोना संक्रमण भएको जनाएको थियो । तर नाम खुलाइएको थिएन। तर अन्तर्राष्ट्रिय मिडियाहरुले भने ब्राजिलियन स्टार खेलाडी नेमारसहित तीन खेलाडीलाई कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एएफसीले पिएसजीका तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

साथै स्रोतका अनुसार नेमारलाई कोरोना संक्रमण भएको एएफसीले उल्लेख गरेको छ ।पिएसजीले तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएर र उनीहरु आवश्यक प्रोटोकल स्वास्थ्य प्रोटकलअनुसार रहेको जनाउँदै अरु खेलाडी र कर्मचारीको पनि परीक्षण गरिने जनाएको छ ।फ्रेन्च मिडियाले भने नेमारसँगै मिडिफिल्डरद्वय एन्जल डि मारियो र लियान्द्रो परेडेसलाई कोरोना संक्रमण भएको उल्लेख गरेको छ ।फ्रान्समा नयाँ सिजनको लिग वान फुटबल सुरु भइसकेको छ । जसमा पिएसजीले पहिलो खेल खेल्न बाँकी नै छ ।

Related Articles

Back to top button