News

बाग्लुङमा भि’षण पहिरोले बस्ती ब’गायो, १७ जना सम्पर्क बिहिन

बागलुङ , बागलुङको ढोरपाटन नगरपालिकामा गएराती भि’षण प’हिरो जाँदा दर्जनौ मानिसहरु ह’राएका छन् । ढोरपाटन नगरपालिकाको वडा नं. ८ र ९ बोबाङका ठाउँ ठाउँमा ख’सेको पहिरोका कारण १७ जना सम्पर्क बिहिन भएको र थप मानिसहरु ह’राएको हुनसक्ने स्थानीय जीवन पुनले जानकारी दिए । ढोरपाटन उपत्यका प्रवेश गर्ने देउराली भुजीखोलाको मुहान देउराली पहाडबाट ठुलो प’हिरो ख’सेर कयौं गाउँहरुमा क्ष’ती पु¥याएको उनले बताए । प’हिरो र बाढीका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन रहेको पुनले बताए ।

यस्तै, बाढीले लाकुरीबोटका ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर, भुसुन्ड्मा १ घर ब’गाएको छभने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको ज’नचेतना प्रावि समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको पुनले जानाकारी दिए । घ’टनाको बिस्तृत विवरण आउन बाँकी छ ।त्यहाँका जनप्रतिनिधिको सम्पर्क हुन सकिरहेको छैनभने भी’षण बर्षाका कारण बिहिबार बिहानसम्म बुर्तिबाङबाट हिँडेको प्रहरी टोली घ’टनास्थल पुग्न सकेको छैन् ।‘प्रहरी रातीनै मुभ भएको हो ।

११ जनाको टो’लि बाटोमा छ घ’टनास्थल पुग्न सकेको छैन’ प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले भने ‘क्ष’ती धेरै भएको खवर छ तर पुष्टि गर्न सकिएन् ।’ पहिरोकै कारण प्रहरीको टो’लि बाटोमा रो’कीएको उनले बताए । ढोरपाटन नगरपालिका र जिल्ला प्रहरीले उ’द्धारमा जु’ट्न आग्रह गरेका छन् ।ह’राएका मध्ये एक जनाको श’व बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । यस्तै ढोरपाटन घुम्न गएका गल्कोटका एकजना व्यक्ति समेत बे’पत्ता भएको स्थानीयले बताएका छन् ।

भूजिखोलामा पहिरोले थु’नेर खोला बढेर आएको खबर भएसँगै ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भिमगीठे बजार र खाल, खार खर्वाङसम्म नदी तटमा रहेका वस्तीमा उच्च सतर्कता अ’पनाउन रातभर आग्रह गरिएको प्रहरीको भनाई छ । उता, घ’टना स्थलतर्फ ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीको ने’तृत्वमा प्रहरी टो’ली प्रस्थान गरेको छ ।

Related Articles

Back to top button