News

एकैपटक जन्मिए ४ शिशु, आमाको अवस्था गम्भीर

जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको विदेह नगरपालिका ७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले एकैपटक चार शिशुलाई जन्म दिएकी हुन् ।

सुत्केरी ब्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानाले शल्यक्रियामार्फत् जन्माएकी ती शिशुमा तीन छोरी र एक छोरा छन् । शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ । महिला र बच्चाको अवस्था भने गम्भीर रहेको र चारै जना बच्चालाई रातिदेखि नै आइसियुमा भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ।

Related Articles

Back to top button