News

काठमाडौंबाट गएको गाडी त्रिशूलीमा खस्यो

चितवन-काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ जाँदै गरेको एम्बुलेन्स त्रिशूली किनारमा खसेको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । मंगलबार बिहान करिब सवा ५ बजे सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका १ बस्ने २८ वर्षीय सरोज दाहाल, सर्लाहीको बरहथवा नगरपालिका–२ हजारिया बस्ने ५० वर्षीया दिलमाया रानामगर, सोही स्थानकै १५ वर्षीय बाधे रानामगर, २६ वर्षीया मेक कुमारी राना मगर र ३४ वर्षीय नरबहादुर मगर घाइते रहेका छन् ।

घाइते मध्य एक जनको अबस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको बताइएको छ ।

Related Articles

Back to top button