News

फ्रन्टलाइनमा खटिने चिकित्सकलाई कोरोना लाग्नु सामान्य कुरा हो: आत्तिनु पर्दैन, निको हुन्छ

काठमाडौं, भदौ १५ । वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाल सहित उनकी पत्नीलाई कोरोना पुष्टि भएसँगै ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएर उपचार सुरु गरिएको छ ।

कोरोना संक्रमणको पुष्टि भए लगत्तै संचारकर्मीलाई प्रतिक्रिया दिँदै डा रिजालले भने फ्रन्टलाइनमा काम गर्ने हामी स्वास्थ्यकर्मीहरु कोरोनाको जोखिममा छौं, त्यही क्रममा आफुलाई पनि कोरोना देखिएको उनले बताए ।

अस्पतालमा भर्ना भएपछि हाल कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य नै रहेको र आँफुहरु केही दिनमा नै संक्रमण मुक्त हुने उनले बताए ।

उनले बिरामीको स्वास्थ्य उपचार गर्दागर्दै चिकित्सकहरु कोरोना संक्रमित हुने र परिवारलाई पनि सर्न सक्ने जोखिम बढी रहेकाले सर्तक रहन आग्रह गरे ।

उनले कोरोना लाग्दैमा आत्तिनु नपर्ने बताउदै आफु छिट्टै निको हुने बताए ।उनले सार्वजनिक रुपमा नै अपिल गर्दै भने चिकित्सकलाई कोरोना संक्रमण भयो भने, नराम्रो व्यवहार नगरौं, सबैको स्वास्थ्य उपचारमा खटिने चिकित्सकलाई सम्मान गरौं, कोरोना लाग्न सक्छ, सचेत बनौं ।’

Related Articles

Back to top button