News

सङ्क्रमित बढ्दै गएपछि थप एक साताका लागि निषेधाज्ञा

काठमाडौं / जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि डोटीमा गए राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

आइतबार बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले गए राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सोही अनुरुप निषेधाज्ञा जारी भएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक सबै सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरिएको छ ।

कक्षा ११ र १२ को परीक्षा बारे लागि आयो यस्तो खबर | हेर्नुहोस्

कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो ।

बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिनुभयो ।विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् । गोरखापत्र दैनिक

Related Articles

Back to top button