News

भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

ना संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।

भारतीय सञ्जारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार ८४ वर्षको उमेरमा उनको निधन भएको हो ।

कोरोना संक्रमण पुष्टि भएलगत्तै उनलाई दिल्लीस्थित आर्मी आर आर अस्पतालमा भर्ना गरिएको थियो। अवस्था चिन्ताजनक भएपछि बचाउनका लागि मुखर्जीको मस्तिष्क शल्यक्रिया गर्नुपरेको अस्पतालले जनाएको छ।

शल्यक्रिया पश्चात उनको अवस्था थप चिन्ताजनक बनेको बताइएको थियो । अस्पतालमै उनको निधन भएको मुखर्जीको छोरा अभिजितले ट्विट मार्फत बताएका छन् ।

नेपाली समयअनुसार साँझ ६ बजे एक ट्विट गर्दै अभिजितले चिकित्सकको विभिन्न प्रयासका बाजदुत पनि आफ्नो बुवालाई बचाउन नसकिएको बताएका हुन् ।

Related Articles

Back to top button