News
नेपालमा आज थप ८९९ जनालाई कोरोना पुष्टि
काठमान्डौ , नेपालमा आज थप ८९९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशका बिभन्न प्रयोगशालामा गरिएको परिक्षणको नतिजा अनुसार ३०३ महिला र ५९६ पुरुष गरि आज थप ८९९ जनालाई कोरोना संक्रमण
पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमले बताए । प्रबक्ता गौतमका अनुसार आज हालसम्म नेपालमा संक्रमतिहरुको संख्या ३९ हजार ४ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएको उनले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गाैतमले बताएअनुसार आज देशभर जम्मा ११ हजार १ सय २९ जनाको पिसिआर गरिएको छ।
अब नेपालमा १७ हजार आठ सय २२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार तीन सय ३७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।