Entertainment

आमाको जन्मदिनमा खुलेकी साम्राज्ञी: छोरी भन्दा कम सुन्दरी छैनन् आमा नेहा

काठमाण्डौ, अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्नी आमा संगको सुन्दर तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा पोस्ट गरेकी छिन् । यद्यपि उनले यसअघि पनि आमा संगका तस्बिरहरुलाई सामाजिक संजालमा साझेदार गरिरहेकि हुन्थिन् । तर यो पटक उनले आफ्नो आमाको जन्मदिनको अवसरमा उक्त तस्वीरहरुलाई पोस्ट गरेकी छन् ।तस्वीरमा २ लाई आमाछोरी नै हो भन्न सकिने अवस्था छैन । यी २ को तस्विरलाई हेर्दा पुरानो गीत “छोरी भन्दा आमा तरुनी” को याद पक्कै सबैलाई आउँछ ।

साम्राज्ञीले आमालाई केक खुवाउदै गरेको तस्विर सहित ६ तस्वीरलाई फेसबुकमा राखेकी छिन् । त्यसअघि उनले आफ्नो आमाको पुरानो फेसनेवल तस्विर सहित जन्मदिनको सुभकामना पोस्ट गरेकी छन् ।साम्राज्ञीले भुवन केसी निर्माता रहेको ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन्।

Related Articles

Back to top button