News

पैसा कमाउनका लागि दौतरीहरु विदेश पुगे तर कृषि कर्ममा रमाउँदैछन सूर्यराज

१४ भाद्र २०७७, आईतवार खोटाङ । पैसा कमाउनका लागि सहोदर दौतरीहरु विदेश पुगे तर खोटाङको केपीलासगढी गाउँपालिका–३ बासपानीका सूर्यराज राई भने गाउँमै कृषि कर्ममा रमिरहेका छन् । ‘गाउँमै केही गर्न सकिन्छ‘ भन्ने मान्यता बोकेका २३ वर्षीय राईले व्यवसायिक रुपमा विभिन्न प्रजातिका तरकारी खेती तथा महुरी पालन गरिरहेका छन् । गोलबेँडा, बन्दाकोभी, फूलकोभी, ब्रो–काउली, ग्याटकोभी, प्याज, अदुवा, बेसार लगायतका तरकारी खेतीबाट उनले घरैमा बसि–बसि लोभलाग्दो आम्दानी गरिरहेका छन् ।

आफ्नै गाउँमा स्वरोजगार बन्ने उपायको खोजीकाक्रममा सुर्यराजले २०७५ सालदेखि व्यवसायिक रुपमा कृषि खेती सुरुवात गरेका हुन् । उनले पाँच वटा टनेलभित्र बेमौसमी गोलबेँडा खेती लगाउने गरेका छन् । ६ महिनामा प्रतिटनेल पाँच–छ सय केजी गोलबेँडा उत्पादन हुने गरेको राईले बताए ।दुई टनेल गोलबेँडा गाउँघरमा हुने विहे पास्नी वा अन्य सामाजिक कामलाई ध्यानमा राखेर जगेडा राख्ने गरेका छन् । गाउँघरमा अन्यले लगाएको गोलबेँडा सकिएको अवस्थामा मात्र उनले आफ्नो गोलबेँडा बजारमा पु¥याउने गरेको बताए ।

‘सबै गोलबेँडा बजारमा पु¥याउनु पर्छ भन्ने छैन । केही गोलबेँडा गाउँघरमा हुने विहे वा सामाजिक काममा खपत हुन्छ,’ राईले भने, ‘गाउँघरमा अरुको गोलबेँडा सकिएको अवस्थामा म आफ्नो टनेलभित्रको गोलबेँडा बजारमा पु¥याउने गर्छु । यसो गर्दा गोलबेँडाले राम्रो भाउ पाउँछ ।’ उनले प्याजको बेर्ना बिक्रीबाट पनि उत्तिकै राम्रो आम्दानी गर्ने गरेका छन् । उनको बगानबाट प्रतिमुठा ५० का दरले प्याजको बेर्ना बिक्री हुने गरेको छ ।

Related Articles

Back to top button