News

कोरोना जितेकी अभिनेत्री जेनेलिया भन्छिन् : सामाजिक सञ्जाल र इन्टरनेट भन्दा परिवार ठूलो रहेछ

कोरोना जितेकी अभिनेत्री जेनेलिया भन्छिन् : सामाजिक सञ्जाल र इन्टरनेट भन्दा परिवार ठूलो रहेछ
भारतमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । आइतबार मात्र ७९ हजार भन्दा बढीमा कोरोना संक्रमण भइसकेको छ । लगभग ३४ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

कोरोनाले बलिउडका कयौं हस्ती पनि सताइसकेको छ । बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएपछि बलिउडमा हलचल नै मच्चिएको थियो । त्यसको लगत्तै उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या बच्चन र नातिनी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण भएपनि उनीहरुको स्वास्थ्यलाभको कामना सहित भारतको बिभिन्न स्थानमा पुजाको आयोजना समेत गरिएको थियो ।

अहिले बलिउड अभिनेत्री जेनेलिया डिसूजाले पनि कोरोनालाई जितेको खबर आएको छ । लगातार चर्चित फिल्म दिएर बलिउडबाट टाढा रहेकी डिसूजा बलिउड अभिनेता रितेष देशमुखकी श्रीमती हुन् । उनी अहिले आफ्नो परिवारलाई समय दिन भनेर नै फिल्मबाट टाढा रहेकी थिइन् ।

उनले आफु २१ दिन अगाडी र कोरोना संक्रमित भएको र शनिवार मात्र रिपोर्ट नेगेटिभ आयो भनेर पोष्ट गरेकी छिन् । कोरोना संक्रमण भएपछि उनी २१ दिनसम्म आइसोलेसनमा बसिन् । कोरोना जस्तो महामारी जित्न सकेकोमा एकदमै खुशी भएको उनले बताएको छिन् । यो २१ दिन जीवनकै कठिन दिन भएको उनले उल्लेख गरेको छिन् । “आफ्नो आफन्त र सन्तानबाट टाढा हुनुपर्दाको पीडा शव्दमा बयान गर्न सक्दिन । हामी परिवारसँग हुदाँ मोबाइल या टिभीमा व्यस्त हुन्छौं तर जब एकान्तबास बस्नु पर्छ तब परिवारको महत्व थाहा हुने रहेछ ।” उनले लेखेको छिन् ।

Related Articles

Back to top button