News

भक्तपुरमा होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु

भक्तपुर– भक्तपुरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । उनको होम आइसोलेसनमै मृत्यु भएको हो ।

कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको सोही वडाका वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिएका छन् ।

मृतक मधुमेह र उच्च रक्तचापका बिरामी थिए । भदौ ११ गते गरिएको पीसीआर रिपोर्ट अनुसार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ। भक्तपुरमा होम आइसोलेसनमा बसेका संक्रमितको पहिलो पटक मृत्यु भएको हो। भक्तपुरमा यसअघि कोरोनाबाट ६ जनाको मृत्यु भइसकेको छ।

Related Articles

Back to top button