International

अमेरिकाको अलाबामा विश्वविद्यालयका १२ सय विद्यार्थीमा कोरोना संक्रमण

डिसी , शनिबार विहानसम्म अमेरिकाको अलाबामा विश्वविद्यालयका १२ सय बढी विद्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको छ । विश्वविद्यालयमा काम गर्ने कम्तीमा १ सय ६६ जनामा पनि संक्रमण पुष्टी भएको छ ।विश्वविद्यालयले यसैसाता

कोभिड १९ ट्रयाक गर्ने ड्यासबोर्ड सार्वजनिक गरेयता संक्रमण पुष्टी हुनेहरुको संख्या दोब्बर भएको छ । ड्यासबोर्डमा संक्रमण दर, कुल संक्रमण, आइसोलेसन अकुपेन्सी लगायतका विवरणहरु उल्लेख गरिएको छ ।अलाबामा विश्वविद्यालयका अध्यक्षले कोरोनाको संक्रमण यसरी बढ्नु अस्वीकार्य भएको र यसले क्याम्पसमा आगामी सेमेस्टरहरु पूरा गर्नमा समस्या उत्पन्न हुनसक्ने बताएका छन् ।

हालैका दिनहरुमा उक्त युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालय आसपासका बारहरुमा मान्छेहरुका भींडभाडका तस्वीरहरु सामाजिक सञ्जालमा हालेका थिए ।त्यहाँका मेयरले अगस्त २४ देखि सेप्टेम्बर ८ सम्म बारहरु बन्द गर्नका लागि कार्यकारी आदेश दिइसकेका छन् । अहिलेसम्म अलाबामामा

कोरोना संक्रमणबाट २ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने १ लाख १३ हजारभन्दा धेरैमा संक्रमण भइसकेको छ ।खासगरी अनलाइन क्याम्पस संचालन गरिरहेका विश्वविद्यालयहरुमा कोरोना संक्रमणदर कम भएपनि भौतिक रुपमा कक्षामा उपस्थीत हुनुपर्ने व्यवस्था गरेका युनिभर्सिटीहरुमा कोरोना संक्रमणदर बढेको देखिएको छ ।

Related Articles

Back to top button