News

हिजो साँझदेखि अहिले २ बजे सम्म १० जना कोरोना संक्रमितको नि’धन, कहाँ कति ?

काठमाडौं : हिजो साँझदेखि अहिले २ बजे सम्म कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या १० पुगेको छ। यो समाचार तयार पार्दासम्म वीरगञ्जमा १ पुरुषसहित २ महिला, धरानमा १ पुरुष, ललितपुरमा २ महिला, चितवनमा १ महिला, कास्कीमा १ पुरुष, गोरखामा १ पुरुष र पाल्पामा १ महिलाको मृ’त्यु भएको हो। शुक्रबारसम्मको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मुलुकभर कोरोना संक्रमणबाट ज्यान गु’माउनेको संख्या १ सय ९५ पुगेको छ। विभिन्न अस्पतालबाट प्राप्त तथ्यांकअनुसार थप १० संक्रमितको मृ’त्यु भएको छ।

योसँगै मुलुकमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या २ सय ५ पुगेको छ। वीरगञ्जमा मृ’त्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मु’र्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् ।धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको को’भिड अस्पतालमा उपचाररत ८४ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति मृ’त्यु भएको छ। सिरहाको भ’दैया–६ बस्ने उनको उपचारका क्रममा मृ’त्यु भएको हो। मृ’त्यु हुनेमा काठमाडौं र भक्तपुरका महिला छन्।

प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति साढे १० बजे र भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान पौने ७ बजे मृ’त्यु भएको हो। चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत एक कोरोना संक्रमित महिलाको मृ’त्यु भएको छ। बारा निजगढ ७ की ७१ वर्षीया महिलाको आज बिहान मृ’त्यु भएको हो। स्वा’सप्रश्वाससम्बन्धी स’मस्याका कारण भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ८ गते संक्रमण पुष्टि भएको थियो। उनको आइसियुमा उपचारका क्रममा मृ’त्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।

कास्कीको पोखरा महानगरपालिका १४ काजीपोखरीका ५८ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान करिब ११ बजे मृ’त्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृ’त्यु भएको हो। चितवनमा गोरखा जिल्ला,गोरखा नगरपालिका १३ का ३८ वर्षीय पुरुषको भरतपुर अस्पतालमा हिजो दिउँसो साढे २ बजे मृ’त्यु भएको हो। तानसेन नगरपालिका ८ की कोरोना संक्रमित ३० बर्षीया महिलाको उपचारको क्रममा शुक्रबार साँझ मृ’त्यु भएको हो। लुम्बिनी मेडिकल कलेजको आइसोलेशन क’क्षमा उपचारत महिलालाई भदौ ७ गते कोरना संक्रमण पुष्टि भएको थियो।

Related Articles

Back to top button