News

डेढ लाख जित्ने टिकटक स्टारमा आजबाट भाग लिन मिल्ने, राम्रो भिडियो हुनेले जित्नेछ

काठमाडौं । तपाई टिकटक कत्तिको चलाउनु हुन्छ । टिकटकमा गरिएको अभिनयले लाइक भ्युज मात्र होइन पैसा पनि कमाउन सकिने भएको छ ।

अर्थात् राष्ट्रिय स्तरको टिकटक स्टार प्रतियोगिता हुने भएको छ ।सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता ०७७’ नाम दिइएको प्रतियोगिताका लागि आवेदन सुरु भएको छ ।

प्रतियोगिता सुनसरीको बराहक्षेत्रमा रहेको सदाबहारा मिडिया प्रा.लि.ले आयोजना गरेको हो ।

आयोजकका अनुसार १३ भदौमा सुरु भएको यस प्रतियोगिता २८ कात्तिकमा सम्पन्न हुने छ

टिकटक मार्फत अभिनय गर्दै आफ्नो भिडियो बनाइ प्रा.लि.को फेसबुकमार्फत पठाउनुपर्ने र विभिन्न चरणमा प्राप्त गर्ने भ्युजको आधारमा विजेता घोषणा गर्ने आयोजकले जनाएको छ ।

भदौ १३ देखि भदौ २८ गतेसम्म आवेदन लिइने र सहभागिता लागि विभिन्न मोबाइल वालेटबाट दर्ता शुल्क एक सय रुपैयाँ तिर्नुपर्ने प्रतियोगिताका आर्थिक संयोजक भरत खड्काले बताए

लकडाउनको समयमा लोकप्रिय बन्दै गएको टिकटकमार्फत आफ्नो अभिनय, क्षमता प्रस्तुत गरेर सहभागी हुन सक्ने र विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने सदाबहार मिडिया प्रा.लि.का अध्यक्ष भवानी धिमालले बताए । उनका अनुसार उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भिडियो नेपाली भाषामा हुनुपर्ने आयोजकले जनाएको छ । सामाजिक ‘वि’कृति फैलाउने, ब्यक्तिगत आक्षेप लगाएका, राष्ट्रियतामाथि आँ’च आउने, अ’श्लिल प्रकृतिका भिडियोलाई समावेस नगराइने प्रतियोगिताका संयोजक देव भट्टराईले जानकारी दिए ।

टिकटक भिडियोमा स्वयम् आफ्नै हुनुपर्ने र आफैंले अभिनय गरेको हुनुपर्ने, भिडियो १५ सेकेन्ड भन्दा लामो हुनुपर्ने संयोजक भट्टराईको भनाइ छ ।

पहिलो चरणमा प्रतियोगिमध्ये उत्कृष्ट एक सय जनाको भिडियोमा आएको भ्युजको अधारमा उत्कृष्ट २० छनोट गरिने छ ।

क्रमशः ५ औ चरणसम्म भोटिङको आधारमा उत्कृष्ट १५, उत्कृष्ट १०, उत्कृष्ट ५ र उत्कृष्ट ३ र फाईनल गरि बिजेता घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।

कोभिड–१९लाई मध्यनजर गर्दै भि’डभाड रहित दसै, तिहारलाई प्रोत्साहन भर्चुअल माध्यमबाट राष्ट्रिय स्तरको प्रतियोगिताको अवधारणा ल्याएको कार्यक्रम संयोजक भट्टराईले बताए ।

Related Articles

Back to top button