News

केहि घन्टाभित्रै कोरोना संक्रमणबाट ८ जनाको ज्यान गयो

काठमाडौं । हिजो साझ देखि अहिले १२ बजे सम्म कोरोना संक्रमणका कारण देशका विभिन्न अस्पतालमा थप आठ जनाको मृ’त्यु भएको छ ।वीरगञ्जमा तीन र ललितपुरमा दुई जनाको मृ’त्यु भएको हो । त्यसैगरी पाल्पा र कास्की र सुनसरीमा एक एक जनाको मृ’त्यु भएको छ ।वीरगञ्जमा कोरोना संक्रमणबाट थप तीन जनाको मृ’त्यु भएको छ । वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुषको मृ’त्यु भएको हो ।यस्तै एक जनाको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

एक जनाको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र एक जनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृ’त्यु भएको नारायणी अस्पताललका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो ।यस्तै ललितपुरस्थित पाटन अस्पतालमा काठमाडौं महानगरपालिका वडा नम्बर २१ जैसिदेवलकी ५० वर्षिया महिलाको उपचारका क्रममा मृ’त्यु भएको छ ।भक्तपुरकी ६२ वर्षीया महिलाको पनि उपचारकै क्रममा मृ’त्यु भएको अस्पतालका निर्देशक डाक्टर रवी शाक्यले जानकारी दिनुभयो ।एक साताअघि अस्पताल भर्ना भएका दुवै जनालाई आइसीयुमा राखिएको थियो ।

लुम्बिनी मेडिकल कलेज पाल्पामा तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृ’त्यु भएको हो ।भदौ ५ गते अस्पताल भर्ना भएकी उनलाई ७ गते कोरोना पुष्टि भएको थियो । उनको हिजो साँझ मृ’त्यु भएको हो ।कास्कीमा पनि थप १ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । मृ’त्यु

हुनेमा पोखरा महानगरपालिका–१६ का ५२ वर्षीय पुरुष हुन् ।उनको गएराति मृ’त्यु भएको चिकित्सकहरुले जनाएका छन् । सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाको मृ’त्यु भएको छ ।सिरहाको भदैया गाउँपालिका ६ का ८४ वर्षिय पुरुषको मृ’त्यु भएको हो ।उनको भदौ ७ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

Related Articles

Back to top button