News

कोरोना संक्रमणबाट नेपालमा एकैदिन १२ जनाको मृ’त्यु

काठमान्डौ , कोरोना संक्रमणबाट नेपालमा एकैदिन १२ जनाको ज्यान गएको छ ।स्वास्थ्य मन्त्रालय श्रोतले दिएको जानकारी अनुसार नेपालमा पछिलो २४ घन्टामा १२ जनाको ज्यान गएको हो ।कोरोना संक्रमणबाट आज ज्यान गु’माउनेमा महिला ४ जना र पुरुष ८ जना रहेका छन ।आज ज्यान

गु’माउनेमा मोरङमा २ जना महिला , भक्तपुर र मकवानपुरका १ / १ जना महिला रहेका छन् ।त्यस्तै उदयपुरमा १ पुरुष , पर्सामा १ पुरुष , धनुषामा १ पुरुष ,सिरहा १ पुरुष , झापा १ पुरष , चितवनमा १ पुरुष , कास्की १ पुरुष र रुपन्देही १ पुरष गरि ८ जना पुरुषको ज्या’न गएको हो ।

त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या पनि बढी रहेको छ ।स्वास्थ्य मन्त्रालय श्रोतले दिएको जानकारी अनुसार आज पनि थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा आज थप

९२७ जनामा कोरोना पुष्टि भएको हो ।आज थपिएका कोरोना संक्रमित सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यकाका लगायतमा मुख्य सहरहरुलाई कोरोना संक्रमण बढ्दो क्रममा छ ।

Related Articles

Back to top button