News

अर्बपति विनोद चौधरीको कोरोना रिपोर्ट एस्तो…

काठमाडौँ– अर्बपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ।उनले ट्विटरमार्फत आफूलाई कोरोना भाइरस पोजेटिभ भएको जानकारी दिएका हुन्।उनले आज बिहान आफूमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।


आफूलाई केही लक्षण नभएको र चिकित्सकको सल्लाहमा आइसोलेशनमा बसेको बताउँदै उनले आफूसँग सम्पर्कमा आएका व्यक्तित्वहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन्।भदौ १२, २०७७ मा प्रकाशित

आफैँ कोभिड-१९ परीक्षण गर्दै बर्दिबास नगरपालिका
महोत्तरी-महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाले आजदेखि आफैँ कोभिड-१९ को परीक्षण शुरु गरेको छ।आफ्ना नगर क्षेत्रभित्रका जनताका लागि आफ्नै लगानीमा आरडीटी पीसीआर मेशिन गरिद गरी नगरपालिकाले अब आफैँले कोभिड-१९ को परीक्षण शुरु गरेको नगरप्रमुख विदुरकुमार कार्कीले बताए।

नगर क्षेत्रभित्र पनि कोरोना समुदायस्तरमै फैलिएको भन्दै उहाँले सङ्क्रमणलाई नियन्त्रणमा लिन सबभन्दा पहिले सङ्क्रमितको सम्पर्कमा आएकालाई पहिचान गर्दै तिनको परीक्षणलाई प्राथमिकता दिएको बताए।

“बर्दिबासबासी यसअघि स्थानीयस्तरमा कोरोना परीक्षणको व्यवस्था नहुँदा प्रादेशिक अस्पताल जनकपुरको भर परेका थिए’, नगरप्रमुख कार्कीले भने, ‘तर अब बर्दिबासको सङ्कलित स्वाब परीक्षण गर्न बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ।’

पहिलापहिला कोरोना परीक्षणको रिपोर्ट आउन १५ दिन लाग्ने गरेको तर अब आफ्नै मेशिन भएपछि आजको भोलि नै रिपोर्ट आउने र दैनिक ८०० को स्वाब परीक्षण गर्न मिल्ने भएको उनले बताए।भदौ १२, २०७७ मा प्रकाशित

Related Articles

Back to top button