News

भारतको स्याउ बिस्थापित गर्दै जुम्लाको स्याउले पायो बजार

नेपालगञ्ज, ११ भदौ- जैविक (अर्गानिक) मानिने भएकाले यहाँ अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ आउन थालेको छ ।

नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तोपर्ने गरेको छ । अहिले शुरुवातको चरण भएकाले दैनिक एक ट्रक स्याउ आउने गरेको स्याउ व्यापारी बताउँछन् । यहाँस्थित गुरुद्धारा रोडमा रहेको नेपाल फलफुल साग सब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ । मण्डीबाट फुटकर बिक्रेताले किनेर बजारमा बिक्री गरिरहेका छन्

नेपालगञ्ज बजारमा जुम्लाको स्याउ भर्खर आउन शुरु भएको छ । शूरुवाती चरण भएको र स्याउ कृषकले राम्ररी नपाकेको स्याउ पठाउने गरेकाले स्याउप्रति उपभोक्ताको चाख त्यति नबढेको स्याउका खुद्रा व्यापारी असलम अन्सारीले बताउनुभयो

नेपाल फलफुल सागसब्जी व्यवसायी संघका सदस्य मेराईलाल साहु भन्नुहुन्छ, “जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी नेपालगन्ज पठाउने गरिएको छ ।” जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पु¥याउने गरिएको छ । नेपालगन्ज बजारमा अहिले जुम्लाको स्याउ रु १०० देखि रु १५० प्रतिकिलो बिक्री हुने गरेको फलफुल व्यापारी मोहम्मद नसिमले बताउनुभयो ।

यो पनि पढ्नुहोस
सरकारले नेपालमा विद्युत प्रसारण लाइन निर्माणका लागि एसियाली विकास बैंकसँग २३ अर्ब ८८ करोड ऋण लिने सम्झौता गरेको हो।

अर्चसिचव शिशिर कमुमार ढुंगाना र एडिबीका नेपाल निर्देशक मुख्तोर खामुदखानोभले उक्त ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् भने परियोजना सम्झौतामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र मुख्तोरले हस्ताक्षर गरेका हुन्।

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहकार्य(साशेक) पावर ट्रान्समिसन तथा वितरण प्रणाली सुदृढिकरण परियोजनाका लागि आउने यो ऋणसँग नर्वेले ४ अर्ब १८ करोड अनुदान पनि दिएको छ।

यसबाट नेपालभरका प्रसारण तथा वितरण प्रणाली सुदृढ गर्नका लागि खर्च हुने बताइएको छ। ३० वर्षको दीर्घकालि अवधिको यो ऋणको ८ वर्षको ग्रेस हुने छ। ग्रेस समयमा १ प्रतिशतमात्र ब्याजदर हुने छ भने त्यसपछि प्रतिवर्ष १.५ प्रतिशतका दरले ब्याज लाग्ने छ।

काठमाडौं लगायतका वागमती प्रदेशकोव प्रसारण तथा वितरणलाई आधुनिकीकरण गरने, पोखरा तथा गण्डकरी प्रदेश,भरतपुर महानगरपालिका तथा प्रदेश २ मा पनि बिजुली वितरण तथा आपूर्तिलाई सुदृढ गर्नमा खर्च हुने बताइएको छ। त्यस्तै यसबाट खिम्ति सवस्टेशनको स्तरोन्नती पनि हुने छ।

Related Articles

Back to top button