News

अहिले १ बजे सम्म कोरोना संक्रमणबाट ८ जनाको ज्यान गयो

काठमाडौं : हिजो साझदेखि अहिले १ बजे सम्मको ताजा अवस्था हेर्दा कोरोना संक्रमणबाट एक ग’र्भवतीसहित थप ८ जनाको ज्यान गै’सकेको छ । पर्सामा ३, ललितपुरमा २, कास्कीमा १ र रुपन्देहीमा दुई जनाको मृ’त्यु भएको हो ।पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा कोरोना संक्रमित एक ग’र्भवतीको मृ’त्यु भएको छ। ३३ हप्ताकी ग’र्भवती २३ वर्षीया संक्रमितको आज बिहान ६ बजे उपचारका क्रममा मृ’त्यु भएको अस्पतालका प्रवक्ता डा. आतुलेश चौरसियाले जानकारी दिए ।बाराको हल्दिया घर भएकी ती महिलामा हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको चौरसियाले बताए।

यस्तै, पर्साको धो’बीनी गाउँपालिका ३ का ७२ वर्षीय पुरुषको हिजो बेलुकी नारायणी अस्पताल वीरगञ्जमा मृ’त्यु भएको प्रवक्ता चौरसियाले बताए। उनी भदौ ८ गते अस्पताल भ’र्ना भएका थिए। यस्तै पर्साकै वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ ब’हुअरी बस्ने ६२ वर्षीय पुरुषको मृ’त्यु पनि भएको छ। अस्थायी को’भिड अस्पताल वीरगञ्ज हेल्थ के’यर अस्पतालमा उपचारका क्रममा उनको मृ’त्यु भएको हो। साउन ३० गते कोरोना पुष्टि भएका उनको उपचारका क्रममा हिजो बेलुकी मृ’त्यु भएको अस्पतालले जनाएको छ ।यसैबीच, ललितपुरको किस्ट अस्पतालमा अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृ’त्यु भएको छ।

अस्पतालका चि’फ अ’परेटिङ अफिसर अ’मिस पाठकका अनुसार उनलाई भदौ ७ गते अस्पतालमा भ’र्ना गरिएको र ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्थायी घर अर्घाखाँची भएका उनी काठमाडौंमै बस्दै आएका थिए। ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृ’त्यु भएको छ। अस्पतालका निर्देशक डाक्टर रवी शाक्यका अनुसार उनको गएराति कोभिड वार्डमा नि’धन भएको र स्वाब संकलन गरेर परीक्षण गर्दा आज बिहान रि’र्पोट पोजेटिभ आएको हो ।स्वास्थ्यमा स’मस्या आएपछि गत भदौ ९ गतेदेखि उनलाई आइसियुमा राखेर उपचार गरिँदै आइएको थियो।

कास्कीको पोखरामा कोरोना संक्रमित एक महिलाको मृ’त्यु भएको छ। भदौ ७ गते कोरोना पुष्टि भएकी पोखरा महानगरपालिकाकी ३२ वर्षीया महिलाको आज विहान ८ बजे उपचारका क्रममा मृ’त्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । त्यसैगरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको गएराति मृ’त्यु भएको छ। उनी लामो समयदेखि उच्च र’क्तचाप र म’धुमेहका बि’रामी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। उनको उपचारकै क्रममा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

हिजो बेलुकी स्वास्थ्य थप ज’टिल बन्दै गएपछि भे’न्टिलेटरमा राखिए पनि राति ११ बजे मृ’त्यु भएको हो। त्यस्तै रुपन्देहीमा कोरोना संक्रमणबाट ७० वर्षीया महिलाको मृ’त्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालको आ’इसीयुमा उपचारत तिलोत्तमा नगरपालिकार–२ शंकरनगर निवासी उनको आज विहान साढे १० बजे मृ’त्यु भएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए। अस्पतालका अनुसार ति महिलालाई साउन २६ गते कोरोना पोजेटिभ देखिएपछि साउन ३१ गते अस्पताल भ’र्ना भएकी थिइन्। उनलाई श्वा’सप्रश्वासमा स’मस्या देखिएको थियो भने उनी प्रे’सर र था’इराइडले ग्र’सित रहेको अस्पतालले जनाएको छ।

Related Articles

Back to top button