Horoscop

बागलुङ कालिका माता को दर्शन गरि २०७७ साल भदौ ११ गते विहिवार (आज)को राशिफल हेर्नुहोस्

बागलुङ कालिका माता को दर्शन गरि २०७७ साल भदौ ११ गते विहिवार (आज)को राशिफल हेर्नुहोस्
ष राशि : घर परिवारमा केहि शान्तिको वातावरण भएता पनि मनमा भने अशान्ति नै रहने छ । प्रेम सम्वन्ध तथा दाम्पत्य जीवनमा भने राम्रो हुनुका साथै साथ र सहायोग प्राप्त हुनेछ ।

वृष राशि : तपाईको आलोचना गर्ने व्यक्तिहरु बढ्ने छन जागिर वा व्यपारीक क्षेत्रमा सम्यमता अपनाउँदा राम्रो हुनेछ । अरुका कुरामा ख्याल नगरि अगाडि बढ्दा राम्रो हुनुका साथै आर्थिक पक्ष राम्रो हुनेछ ।

मिथुन राशि: स्वास्थ्य समस्याले भने सताउने नै छ । मन अशान्त हुने छ स्वास्थ्यको कारणले गर्दा अचल सम्पति जोड्ने समय छ थोरै मेहिनत गर्दा कुटुम्भको सहयोग प्राप्त हुनेछ ।

कर्कट राशि : तपाईको एक्ले प्रयासले गर्दा सामुहिक काममा धेरै ठुलो सफलता हात पर्ने छ । सहयोगीहरुको साथ प्रप्त हुनुका साथै मानसम्मानमा वृद्धि हुनेछ । आर्थिक लाभको समय छ ।

सिंह राशि : नगरेको गल्तिमा फस्नुभएको थियो भने छुटकारा पाउनुु हुनेछ । गालि गर्नेहरु प्रसंशा गर्न थाल्नेछ । आर्थिक हानि भने हुनेनै छ । तथा व्यवसायमा सोचेको अनुरुप काम हुनेछैन ।

कन्या राशि : व्यवसाय फस्टाएर जानुका साथै नयाँ व्यवसायमा नसोचेको लाभ हातपर्ने छ । दाम्पत्य जीवन वा प्रेमी प्रेमीकामा भने समस्या देखा पर्ने छ । वोल्दा विचार गर्नु होला ।

तुला राशि : दिन तपाईको पक्षमा हुन गाह्रो हुने कारणले गर्दा मन अशान्त हुने तथा जागिर वा व्यवसायमा झुटा आरोप लाग्न सक्नेछन् । आर्थिक हानिको समय पनि छ सन्तानलाई स्वास्थ्यमा समस्या देखापर्न सक्नेछ ।

वृश्चिक राशि : थोरै मेहिनत गर्दा पनि ठूलो सफलता प्राप्त हुनेछ । भाग्यमा रोकिएको धनका साथै कामहरु बन्नेछ । साथिभाइ सँग भएको मनमुटाव मिल्नेछ ।

धनु राशि : आर्थिक लाभको समय छ । चौतर्फ प्रशंशा प्राप्त गर्नुहुनेछ । जागिरमा पदोन्नतीको सम्भावना देखिन्छ । अहिले सम्म विग्रेको काम बनेर जानेछ ।

मकर राशि : समय तपाईको पक्षमा छ शत्रुलाइ पनि आफ्नो पक्षमा ल्याएर काम गर्न सक्नुहुनेछ । यात्रा गर्नु पूर्व भने धेरै विचार गर्नु होला अन्यथा समस्या देखापर्न सक्नेछ । मन प्रसन्नहुनेछ ।

कुम्भ राशि : काममा आएको वाधा हटेर जानेछ भने काममा आर्थिक लाभको समय छ । दाम्पत्यजीवनमा भने मन मनमुटाब वृद्धि हुनेछ । परिवारको कारणले गर्दा मनमा अशान्ति छाउने छ घर ।

मीन राशि : देश विदेशको यात्रा गर्ने अवसर प्राप्त हुन सक्नेछ । सन्तान सुखको समय छ । गरेको काममा प्रशंशा प्राप्त हुनुका साथै लगानि गर्ने अवसर प्राप्तहुन सक्छ । आर्थिक पक्षमा वृद्धि हुनेछ ।

Related Articles

Back to top button