Video

नायिका नीताको स्वरमा गणेश भजन सार्वजनिक (भिडियोसहित)

यिका नीता ढुंगानाले ‘गणेश भजन’ सार्वजनिक गरेकी छिन् । यो भजनसँगै नायिका ढुंगानाले गायनमा पनि आफ्नो हात अगाडि बढाएकी छिन् ।

यो भजनको भिडियोमा नायिका ढुंगानाको नै अभिनय छ । यो भजनको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । संजय लामाको छायांकन रहेको भिडियोमा बनिष शाहको सम्पादन छ ।

भिडियोमा नीताको साथमा सुनिल सिटौला, अम्सु पोखरेल, अनुष्का पोखरेल लगायतका कलाकारलाई देख्न सकिन्छ । भिडियोको मेकिङमा विशेष ध्यान दिइएको छ । भिडियो निर्माणका लागि तयार पारिएको सेट लोभलाग्दो छ ।

नायिका ढुंगानाले गायन क्षेत्रमा पनि आफ्नो उपस्थिती दरिलो बनाउने संकेत गरेकी छिन् ।

Related Articles

Back to top button