News

नेपालमा थप ८८५ जनामा कोरोना पुष्टि

काठमान्डौ , नेपालमा कोरोना संक्रमितको संख्या बढी रहेको छ ।स्वास्थ्य मन्त्रालले दिएको जानकारी अनुसार आज पनि थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा आज थप ८८५

जनामा कोरोना पुष्टि भएको हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ३८५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १९ हजार ५०४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ दशमलव ६ प्रतिशत रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७३९ रहेको छ ।पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १३ हजार २५३ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ३५ हजार ५२ जनाको पीसीआर

परीक्षण गरिएको छ ।देशभरका संस्थागत आइसोलेसन ८ हजार ७११ जना र होम आइसोलेसनमा ६ हजार २८ रहेका छन् । आजसम्म देशभर ९ हजार ८३२ जना क्‍वारेन्टिनमा रहेका छन् ।बागमती प्रदेशमा १३ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १५० जना आईसीयूमा रहेका छन् । जसमा सबैभन्दा बढी बागमती प्रदेशका ६० जना रहेका छन्

Related Articles

Back to top button