News

काठमान्डौ उपत्यकामा थपिए ३०१ जना कोरोना संक्रमित

काठमाडौं, पछिलो २४ घन्टामा काठमान्डौ उपत्यकामा थप ३०१ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २३० , ललितपुरमा ४७ , भक्तपुरमा २४ जना गरि थप ३०१ जना संक्रमित थपिएका हुन् ।त्यस्तै

नेपालमा आज पनि थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा आज थप ८८५ जनामा कोरोना पुष्टि भएको हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ३८५ जना डिस्चार्ज भएका छन् ।

त्यसैगरी हालसम्म १९ हजार ५०४ जना डिस्चार्ज भएका छन् ।हालसम्म डिस्चार्ज हुने दर ५६ दशमलव ६ प्रतिशत रहेको छ ।आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७३९ रहेको छ ।पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट

१३ हजार २५३ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ३५ हजार ५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।देशभरका संस्थागत आइसोलेसन ८ हजार ७११ जना र होम आइसोलेसनमा ६ हजार २८ रहेका छन् । आजसम्म देशभर ९ हजार ८३२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

Related Articles

Back to top button