News

नेपाल प्रहरीका दुई डीआईजीसहित १२ सय ६० जनामा कोरोना

काठमाडौं । प्रहरीमा लगातार कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या १२ सय ६० पुगेको छ । जसमध्ये ७ सय ४५ जना सक्रिय संक्रमित छन् ।५ सय १५ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १२६ र काठमाडौं उपत्यकाका १४२ जना सक्रिय संक्रमित छन् ।प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १८६, प्रदेश २ मा १३८, वाग्मती प्रदेशमा ४६, गण्डकीमा ३०, प्रदेश ५ मा ९२ , कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा १४ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै सशस्त्र प्रहरी बलमा कार्यरत ४१९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा सबैभन्दा बढी वाग्मती प्रदेशका छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार हाल प्रदेश १ मा १८, प्रदेश २ मा ६५, वाग्मती प्रदेशमा ११३, प्रदेश ५ मा ४३, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा एकजना सक्रिय संक्रमित छन् । हालसम्म १७७ जना डिस्चार्ज भएका छन् ।

Related Articles

Back to top button